पटिहानीमा पहिलोपटक जीप सफारी

चितवन

    पुस २८, २०७४ -  चितवनको भरतपुर १३ स्थित पटिहानीमा पहिलोपटक आजबाट जीप सफारी सुरु भएको छ । स्थानीयको लामो मेहनत पश्चात पहिलो पटक जीप सफारी सुरु गरिएको हो । पटिहानीको छितामाई देखि सौराहाको हात्ती प्रजनन केन्द्र खोरसर सम्म १० किमी जीप यात्रा गर्न पाइने छ । बरण्डाभार संरक्षित क्षेत्रमा जीप सफारी सञ्चालन हुने छ ।

    बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र पटिहानी उपभोक्ता समितिको प्रयासमा जीप सफारी सुरु गरिएको हो । जीप सफारी भएसंगै स्थानीय तथा होटल ब्यवसायी दंग छन् । सफारीको सुरुवात चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले रिवन काटेर गर्नुभयो ।

    जीप सफारीले सबै खुशी र उत्साह थपिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टले बताउनु भयो । यो क्षेत्रमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुलेका छन् । ति रिसोर्ट तथा होटललाई लक्षित गर्दै जीप सफारी सुरु गरिएको हो । 

     

     

    प्रकाशित:पुस २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्