हेटौडा सिमेन्टद्धारा मुल्यवृद्धि

- प्रताप विष्ट, मकवानपुर

    पुस २९, २०७४–सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिबोरा सय रुपैयाँ भन्दा बढी मुल्य वृद्धि गरेको छ । उद्योगको संचालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिबोरा  ९ सय १२ रुपैयाँ बिक्री मुल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७ सय ९५ रुपैयाँमा विक्री गर्दै आएको थियो । 

    उद्योगले डिलरलाई दिदै आएको कमिशनमा समेत बृद्धि गरेको छ । प्रतिबोरा १० रुपैयाँ कमिशन दिदै आएकोमा अब १५ रुपैयाँ पुर्‍याएको छ । मुल्यबृद्धि गर्नु अघि उपभोक्ताले प्रतिबोरा ८ सय ३० रुपैयाँमा सिमेन्ट खरिद गथ्र्यो भने अहिले ९ सय ४० रुपैयाँ प्रतिबोरा सिमेन्टको मूल्य रहेको छ । ९ सय ४० रुपैयाँमा हेटौंडाका डिलरहरुले सिमेन्ट बिक्री गरिरहेका छन् ।

    शिवम्, उदयपुर लगायत सिमेन्ट उद्योगहरुले सिमेन्टको मुल्यबृद्धि गरेको र कच्चा पदार्थहरुको मुल्यबृद्धि भएकाले बाध्य भएर  हेटौंडा सिमेन्ट उद्योगले पनि मुल्य बृद्धि गर्नु परेको संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो । 

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्