३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता च्याम्पियन

काठमाडौं

    पुस २९, २०७४

     -  राखेप च्याम्पियनसिप अन्तर्गत ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा पुरुष र महिला दुवै तर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबकै प्रतिद्वन्दीलाई पराजित गर्दै पुरुष तर्फ स्यान्टु श्रेष्ठ र महिला तर्फ नविता श्रेष्ठले उपाधि उचालेका हुने ।

    नविताको यो लगातार सातौं उपाधि हो भने स्यान्टुले लगातार दोस्रो पटक बाजी मारेका हुने । राजधानीको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको मिक्स डबल्सतर्फको उपाधि भने आर्मीका स्वेच्छा नेम्वाङ्ग र चन्दन शाहीले हात पारे । उनीहरुले एपीएफका अमरबहादुर मल्ल र सेलिशा खड्गीको जोडीलाइ पराजित गरेका हुन् । चार दिन चलेको प्रतियोगितामा २ सय ३५ खेलाडीको सहभागिता थियो । 

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्