मनाङलाई पराजित गर्दै आर्मी खप्तड गोल्डकपको फाइनलमा

धनगढी

    पुस २९, २०७४

     -  विभागीय त्रिभुवन आर्मी, धनगढीमा जारी सुदुरश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा बलियो प्रतिद्वन्दी मनाङ मस्र्याङदी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । १–० ले पछि परेको स्थिति उल्ट्याउदै आर्मीले पहिलो हाफमा २ र दोस्रोमा एक गोल गर्‍यो ।

    खेलको ८ औँ मिनेटमा हेमन गुरुङको गोलबाट मनाङले अग्रता बनाएको थियो । तर २० औँ मिनेटमा क्याप्टेन भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोव्वर बनाए । ८८ औँ मिनेटमा सन्तोष तामाङले गोल गरेपछि आर्मीको जित सुनिश्चित भएको हो । 

    दोस्रो सेमिफाईनलमा भोली आयोजक सुदुरपश्चिम ११ र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पर्सि सोमबार हुनेछ । 

     

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्