कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं

    पुस २९, २०७४

    – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले पहिलो पटक कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको बताउनुभयो । गत असारमा भएको परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागि भएको बोर्डले जनाएको छ । ७४ जनाको परीक्षा रद्द गरिएको छ ।

    ग्रेडिङ प्रणाली लागु भएसंगै विद्यार्थीले विषयगत रुपमा नतिजा पाउने छन् । कुनै एक विषयमा डी प्लस प्राप्त गरेका विद्यार्थीले पुन: परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।

    यसैबीच नतिजा हेर्न मोबाइलको मेसेज बक्समा गई KFM: टाइप गरी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३५००१ मा एसएमएस गर्न सकिनेछ ।  

     

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्