लागूऔषध कारोबारमा संलग्न एक नेपालीलाई दुई वर्ष जेल सजाय

लन्डन

    पुस २९, २०७४ -  लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै बेलायतको अदालतले एक नेपालीलाई दुई वर्ष ८ महिनाको जेल सजाय सुनाएको छ । ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले २४ वर्षीय चमन श्रेष्ठलाई दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । श्रेष्ठसंगै बेलायती नागरिक २५ वर्षीय इमानुयल बोसम्यानलाई भने पाँच वर्षको सजाय ठहर गरेको छ ।

    बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने श्रेष्ठको नेपालको ठेगाना भने उल्लेख छैन् । थेम्स भ्याली प्रहरीले उनीहरुलाई सन् २०१६ को जुनमा हेराइन र कोकिन सहित प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा रिहा भए लगतै उनीहरु ठुलो परिमाणको लागू औषध सहित अगस्टमा पुन: पक्राउ परेका थिए ।

    बेलायतमा २० जना नेपाली जेलमा रहेको तथ्याङ्क लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । गम्भीर प्रकृतिको अपराध गरेको प्रमाणित भए जेल सजायपछि आवासीय अधिकार लिइसकेका नेपालीलाई पनि डिपोर्ट गर्न सक्ने बेलायतको कानूनमा उल्लेख छ ।   

     

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्