दोश्रो सेमिफाइनलमा एपीएफ र सुदूरपश्चिम भिड्दै

काठमाडौं

    पुस ३०, २०७४

    धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवलको दोश्रो सेमिफाइनलमा आज एपीएफ क्लव र आयोजक सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ । खेल स्थानीय रङ्गशालामा अपरान्ह २ बजेपछि हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि भोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ ले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

    प्रतियोगिताको विजेताले ११ लाख ११ हजार रुपैयाँ नगद हात पार्नेछ । घरेलु नकआउट प्रतियोगितामा मोफसलमा दिन लागिएको यो सर्वाधिक धनराशि हो । उपविजेताले ५ लाख ५५ रुपैयाँ प्राप्त गर्नेछ । 

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्