दुर्घटनामा दुई जनाको मृत्यु

    पुस ३०, २०७४ -  उदयपुर र सुनसरीमा भएका ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका २ मा ना २ त ९२३० नम्बरको ट्रयाक्टरबाट लडेर स्थानीय १८ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।

    यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा को २ त ३८९६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक मोरङको सुन्दर हरैंचा नगरपालिका ६ का २१ वर्षीय दिलकुमार चौधरीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्