सिरियाको दमास्कसको बाहिरी क्षेत्रमा रासायनिक आक्रमण

बीबीसी

    पुस ३०, २०७४ -  सिरियाको विद्रोही नियन्त्रित राजधानी दमास्कसको बाहिरी क्षेत्रमा रासायनिक आक्रमण भएको छ । दैनिकजसो बम आक्रमण भइरहने पूर्वी गूटा क्षेत्रमा विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा क्लोरिन ग्याँस प्रहार भएको बीबीसीले उल्लेख गरेको छ ।

    ग्याँसका कारण सो क्षेत्रका केही सर्वसाधारणमा श्वासप्रश्वासको समस्या देखिएको उपचारमा संलग्न स्वाथ्यकर्मीले जनाएका छन् । संयुक्त राष्ट्रसंघले युद्धमा रासायनिक आक्रमणलाई प्रतिबन्ध लगाउँदै आएपनि सिरियामा गृहयुद्ध सुरु भएयता सरकारी पक्षले नै रसायनिक आक्रमण भएको आरोप लाग्ने गरेको छ ।

    यद्यपी सरकारी पक्षले भने आफूहरुले रासायनिक हतियार प्रयोग नगरेको दावी गर्दै आएका छन् । सन् २०१३ मा रुस समर्थित सरकारी सेनाले सो क्षेत्रमा घेराबन्दी गर्दा ४ लाख मानिस फसिरहेका छन् । यो महिनाको सुरुवातदेखि नै सो क्षेत्रमा मिसाइल र हवाई आक्रमण तीब्र हुँदा ८५ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्