बाम एकता कार्यदलको बैठक आज बस्दै

काठमाडौं
  • राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार चयन, प्रदेशसभा गठन लगायत विषयमा छलफल गर्ने

पुस ३०, २०७४

 -  राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार चयन, प्रदेशसभा गठन लगायत विषयमा छलफल गर्न बाम एकता कार्यदलको बैठक आज बस्दैछ । पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाईसँगै लैजाने तयारी गरेका बाम गठबन्धन कार्यदलले आज राष्ट्रिय सभामा साझा उम्मेदवार चयन र प्रदेशसभा गठनबारे छलफल गर्न लागेका हुन् । कार्यदलको वैठक सिंहदरवारमा अपरान्ह ३ बजे बस्नेछ ।

आजको बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बारे साझा धारणा तय गर्ने कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । यसअघि हिजो कार्यदल सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचन तयारी र प्रदेशसभा गठनबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेका थिए । एकता सम्वन्धी बिषयमा भने थाइल्याण्डमा उपचाररत एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किएपछि मात्रै छलफल हुने कार्यदल सदस्य नेम्वाङले बताउनुभयो । 

प्रकाशित:पुस ३०, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्