पुस ३०, २०७४
– प्रतिनिधिसभा क्षेत्र नम्बर एक स्याङजाका सांसद नारायण मरासिनीको काठमाण्डौंको गंगालाल अस्पतालमा उपचार भइरहेको छ । हृदयघातका कारण बेहोस हुनु भएका मरासिनीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौं ल्याइएको हो ।
पुष १८ गते मतदातालाई धन्यवाद दिन आँधीखोला गाउँपालिकामा घरदैलो गरिरहेका बेला एक्कासी विरामी भएपछि उहाँलाई मणिपाल पुर्याइएको थियो । उहाँको स्वास्थ्यमा सुधार भइरहेको आफन्तले जनाएका छन् ।
प्रकाशित:पुस ३०, २०७४
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्