बाढीपीडितलाई न्यानो कपडा वितरण

- देव नारायण साह, विराटनगर

    पुस ३०, २०७४– मोरङको विराटनगर १९ स्थित ३ सय बाढीपीडित परिवारलाई जाडो छल्न राहत वितरण गरिएको छ । अक्सफाम यूकेको सहयोगमा जिल्ला दैवि प्रकोप उद्धार समिति र विराटनगर महानगरको संयोजनमा कोशी पीडित समाज राजविराजले आज राहत वितरण गरेको हो ।

    पीडितका प्रति परिवारलाई ५ हजार नगद, २ थान त्रिपाल, ४ थान कम्बल, ४ थान म्याट्रेस , २ थान म्याट र डोरी दुई थान वितरण गरिएको समाजका कार्यक्रम संयोजक शरद पराजुलीले बताउनुभयो ।

    कोशी पीडित समाजका अध्यक्ष देवनारायण यादवले बाढी पिडितहरुका लागि खानेपानी, सरसफाई र लैङ्गिक सवालमा दुई महिना वकालत कार्यक्रम समेत सञ्चालन गर्ने बताउनुभयो । 

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्