झापा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

विर्तामोड

    पुस ३०, २०७४ -  आगामी आईतबार विर्तामोडमा हुने झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले मनोनयनमा परेका १२ जना खेलाडी र तीन वटा क्लबको नाम सार्वजनिक गरेको हो । चारवटा बिधामा तीन जनाका दरले र तीन वटा टीमको मनोनयन गरिएको मञ्चको प्रतिभा छनोट समितिका संयोजक पर्वत पोर्तेलले जानकारी दिनुभयो ।

    वर्ष उत्कृष्ट खेलाडी पुरुषमा फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र  निरौला अटाएका छन् । त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलामा क्रिकेटका रुविना क्षेत्री, करातेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परे ।  

    यस्तै युवा वर्ष खेलाडीमा फुटबलका देवेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राई अटाउादा उत्कृष्ट प्रशिक्षकमा फुटबलका संजय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेका छन् ।

    यस्तै पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र विर्तामोड युनाइटेड एफसीको नाम सार्वजनिक गरिएको छ । 

    पूर्वी नेपालमा नै पहिलो पटक आयोजना गरिएको स्पोर्टस अवार्डमा सबै विधा समावेश गर्ने प्रयास भएको भए पनि वर्ष २०७३ मा सम्पन्न भएका प्रतियोगिताहरुबाट उत्कृष्टता हासिल गरेका विधा समेट्नुपर्ने प्रावधानका कारण मनोनयनमा क्रिकेट र फुटबलको वर्चस्व रहेको मञ्चका अध्यक्ष रमेश समदर्शीले स्पष्ट पार्नुभयो ।  स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडी र पिपुल्स च्वाइसको एउटा टीमले  जनही १५ हजार रुपैयाा पुरस्कार र ट्रफी पाउने छन् । 

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्