नर्सहरुले आज पनि एक घण्टा काम छाडे

काठमाडौं

    पुस ३०, २०७४ -  आन्दोलनरत नेपाल नर्सिङ संघले आज पनि एक घण्टा काम छाडेको छ । गत बुधवारदेखि हातमा कालो पट्टी बाँधेर सेवा दिएका ंनर्सहरुले हिजो र आज बिहान १० देखि ११ बजेसम्म काम छाडेका हुन् । उपत्यका सहित बाहिरका अस्पतालमा कार्यरत नर्सहरुले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै एक घण्टा काम छाडेको संघकी उपाध्यक्ष अप्सरा पाण्डेले बताउनुभयो ।

    मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिना शर्त अविलम्ब पुर्नबहाली गर्न, अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने लगायत ११ बुँदे माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आज पनि माग सम्बोधन नभए भोलीदेखि तीन घण्टा काम छाड्ने उपाध्यक्ष पाण्डेले बताउनुभयो । मुलुकभर करीब ७४ हजार नर्स रहेको संघले जनाएको छ । 

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्