जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित ६ जनाको मृत्यु (अपडेट )

- दीपेन्द्र शाक्य, संखुवासभा

    पुस ३०, २०७४– संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटना हुँदा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल, पाथीभरा हेदांनाका सुरेश राई र चालकको मृत्यु भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

    घटनास्थल भिरालो भएकाले ४ घण्टापछि शव निकालिएको थियो । भुकम्प पुनर्निर्माण सम्बन्धी तालिम दिन उनीहरु काठमाण्डौंबाट संखुवासभा गएका थिए । स्थानीय विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वयन ईकाईको जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ ।

    घटनास्थल सदरमुकाम खाादबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । सो सडकखण्ड करीब २ महिना अघि मात्र ट्रयाक खोलिएको थियो । 

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्