सडक निर्माणको क्रममा झडप, ५ घाइते

- हरि गौतम, रुकुम पश्चिम

    पुस ३०, २०७४ -  रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सडक खन्ने क्रममा भएको विवादपछि झडप हुँदा ५ जना घाइते भएका छन् । वडा नम्बर ६ बाट महिला सदस्यमा निर्वाचित दिला महताराको परिवारले आफ्नो जग्गामा सडक खन्न नदिएपछि विवाद सुरु भएको थियो ।

    वडा नम्बर ६ को राम्चे देखि टाकुरा, टिमुरेनी हुँदै चौखे जोड्ने सडक निर्माणलाई लिएर भएको झडपमा सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष खीमा महतारासहित स्थानीय सीता बुढाथोकी, समीक्षा बोहोरा तथा उपभोक्ता समितिका सदस्य पम्फि विक र सीता बिसी घाइते भएका हुन् । 

    तीन दिनसम्म लगातार छलफल गर्दा समेत विवाद समाधान नभएपछि स्थानीयले सडक निर्माण अघि बढाएका थिए । महतारा परिवारले त्यसमा अवरोध गर्न खोजेपछि झडप भएको हो । नगरपालिकाको ३० लाख लागतमा निर्माण हुन लागेको ६ किलोमिटर लामो सडकको आधा काम सकिइसकेको छ । 

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्