ट्रम्प पुर्णरुपमा स्वस्थ : ह्वाईट हाउस

एजेन्सी

    पुस ३०, २०७४

     -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै जाँचको दवाब खपेको ह्वाईट हाउसले पछिल्लो स्वास्थ्य विवरण सार्वजनिक गरेको छ । ह्वाईट हाउसद्वारा सार्वजनिक विवरणमा सेनाका चिकित्सकहरुले गरेको परीक्षणमा ट्रम्पको स्वास्थ्य पूर्णत: ठीक रहेको उल्लेख छ ।

    ट्रम्प पुर्णरुपमा स्वस्थ्य रहेको दावी गरिएपनि मानसिक स्वास्थ्यको भने जाँचको रिर्पाेट सार्वजनिक गरिएको छैन ।

    स्वास्थ्य परीक्षणको पूर्ण विवरण आगामी मंगलबार सार्वजनिक हुने ह्वाईट हाउसका चिकित्सक रोनी ज्याक्सनले बताएका छन् । राष्ट्रपति ट्रम्पको स्वास्थ्य जाँच गर्न दर्जनौं पत्र आएपछि उहाँको परीक्षण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    अमेरिकाका पछिल्लो ५ राष्ट्रपतिको स्वास्थ्य विवरणमा मानसिक स्वास्थ्यको विवरण समेत उल्लेख गर्ने परम्परा रहेको थियो । ६६ पुगेका व्यक्तिको मानसिक अवस्था जाँच गर्नुपर्ने भएपछि ७१ वर्षीय ट्रम्पको मानसिक स्वास्थ्यको जाँच नगरिएको भन्दै विरोध भैरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्