उत्तर र दक्षिण कोरियाबीच बृहत्त वार्ता शुरु

काठमाडौं

    माघ १, २०७४

    आगामी महिना दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे दुई मुलुकका प्रतिनिधिबीच बृहत्त छलफल शुरु भएको छ । विन्टर ओलम्पिकमा आफ्नो मुलुकबाट कलात्मक समुह पठाउने उत्तर कोरियाको योजनाबारे बृहत्त छलफल भइरहेको बीबीसीले उल्लेख गरेको छ । 

    उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर दुई मुलुकबीच तनाव जारी रहदा ओलम्पिकमा सहभागिताका लागि प्रतिनिधि दक्षिण कोरिया पठाउन उत्तर कोरिया गत साता सहमत भएको थियो । त्यसबारे दक्षिण कोरियाले थप वार्ताका लागि प्रस्ताव गरेपछि कला मण्डली पठाउने आफनो योजना उत्तरले सुनाएको थियो ।

    सो योजनामाथि अहिले छलफल भइरहेको बीबीसीले उल्लेख गरेको छ । वार्तामा प्रतियोगितामा सहभागिता जनाउने खेलाडी, प्रतिनिधिमण्डल, उनीहरुको भ्रमण तालिका लगायत बिषयमा बिस्तृतमा छलफल गरिने दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।

    दक्षिण कोरियाको प्योङचाङमा आगामी फेब्रुअरी ९ देखि २५ सम्म विन्टर ओलम्पिक प्रतियोगिता हुँदैछ । 

     

    प्रकाशित:माघ १, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्