ईजरेली प्रधानमन्त्री नेतन्याहुँ भारत भ्रमणमा

बीबीसी

    माघ १, २०७४

     -  ईजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुँ साताव्यापी भ्रमणका लागि भारत आउनुभएको छ । इजरेली प्रधानमन्त्रीले १५ वर्षपछि भारत भ्रमण गरेका हुन् । जेरुसेलमलाई ईजरेलको राजधानीको मान्यता दिने प्रस्तावको विपक्षमा भारतले संयुक्त राष्ट्रसंघमा मतदान गरेका कारण नेतन्याहुँको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

    ईजरेलको कृषि र रक्षा प्रविधिको प्रयोग महत्वपूर्ण हुने भएकाले पनि भ्रमण भारतका लागि फलदायी हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेतन्याहुँको भ्रमणपछि भारत र अमेरिका सँगको सम्बन्ध समेत नयाँ दिशामा अघि बढ्ने विष्लेषक बताउँछन् ।  

    प्रकाशित:माघ १, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्