अमेरिकाद्वारा प्यालेष्टाईनलाई दिदै आएको सहयोग कटौती

काठमाडौं

    माघ ३, २०७४

    अमेरिकाले प्यालेष्टाईनलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने भएको छ । संयूक्त राष्ट्रसंघको राहत कोषमार्फत प्यालेष्टाईनलाई उपलब्ध गराउने भनिएको १२ करोड ५० लाख डलरमध्ये अमेरिकाले ६ करोड सहयोग रकम मात्र दिने भएको छ । बाँकी ६ करोड ५० लाख डलर भने रोक्का गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    अमेरिकी सो कदमले प्यालेस्टाईनका हजारौं सर्वसाधारण मर्कामा पर्ने राष्ट्रसंघीय अधिकारीहरुको भनाई छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाईनले इजरेलसँगको शान्ति प्रक्रिया अस्वीकार गरे सबै सहयोग रकम रोक्का गर्ने चेतावनी दिनुभएको थियो । 

    राष्ट्रसंघको कल्याणकारी कोषमा जम्मा हुने सहयोग रकममध्ये अमेरिकाले मात्रै ३० प्रतिशत सहयोग उपलब्ध गराउँदै आएको छ । 

     

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्