मन्त्रिपरिषद बैठक निष्कर्षविहीन

काठमाडौं
  • अपरान्हसम्मका लागि स्थगित

माघ ३, २०७४

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बालुवाटारमा विहान बसेको मन्त्रिपरिषद बैठक निष्कर्षविहीन भएको छ । प्रदेश प्रमुखमा मन्त्रीहरुवीच सहमति जुट्न नसकेपछि बैठक ३ बजेसम्मका लागि स्थगित भएको कानूनमन्त्री यज्ञवहादुर थापाले जानकारी दिनुभयो ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ४१ दिनसम्म पनि प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका वेला मन्त्रिपरिषदको आजको बैठक पनि निश्कर्ष विहिन भएको हो ।  

सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आन्तरिक तयारी नपुगेको भन्दै बैठक अपरान्ह सम्मका लागि स्थगित गरिएको बताउनुभयो । 

प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न बिलम्व हुँदा निर्वाचन आयोगले प्रदेश सभातर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्न सकेको छैन । प्रदेशतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको १ हप्ताभित्रमा जनप्रतिनिधिले प्रदेश प्रमुखबाट सपथ खानुपर्ने संवैधानिक व्यवस्था छ । 

 

प्रकाशित:माघ ३, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्