नर्सहरुको माग सम्बोधन गर्न भन्दै सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं

    माघ ३, २०७४

    - बिभिन्न माग राखी एक सतादेखि आन्दोलनरत नेपाल नर्सिङ संघको माग सम्बोधनका लागि भन्दै सरकारले वार्ता टोली गठन गरेको छ । माग सम्बोधनका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै संघले थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरिरहंदा स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीकाअनुसार, संघ र मन्त्रालयबीच हिजो भएको अनौपचारिक छलफलमा माग सम्बोधनका लागि टोली गठन गर्ने सहमति जुटेको थियो । संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले संघका तर्फबाट साँझसम्ममा टोली गठन गर्ने जानकारी दिनुभयो । यद्यपि माग सम्बोलनका लागि लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी रहने थापाले उल्लेख गर्नुभयो ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार देशभरका नर्सहरुले आज पनि तीन घण्टा काम बहिष्कार गरेका छन् । उनीहरुले राजधानीको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिए ।

    मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका स्टाफ नर्सलाई बिना शर्त पुर्नबहाली गर्न, अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने लगायत ११ बुँदे माग सहित नर्सहरु गत पुष २६ गते आन्दोलनमा उत्रिएका हुन् ।  

     

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्