सरकार र निर्वाचन आयोग मिलेका छन् : एमाले

काठमाडौं

    माघ ३, २०७४

    - नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचन प्रभावित पार्ने खेलमा सरकार र निर्वाचन आयोग लागेको आरोप लगाएको छ ।

    राजधानीको धुम्वाराहीस्थित पार्टी कार्यालयमा आज विहान बसेको एमाले स्थायी समिति बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई गरेर सरकार राष्ट्रियसभा निर्वाचन कार्यतालीका प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको हो । चुनाव तोकिएकै मितिमा हुनुपर्ने निष्कर्ष बैठकको रहेको एमाले सचिव एवं प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।   

    एमालेले सरकारको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कामचलाउ भईसकेको सरकारले पछिल्ला केहीदिनयता कर्मचारीको सरुवा–बढुवा, रकमान्तर लगायतका ज्यादतीपुर्ण निर्णय गरेको भन्दै एमालेले यस्ता निर्णय तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको स्थायी समिति बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भुगोल, क्षेत्र समुदायका ब्यक्ति छुटेको भन्दै राष्ट्रिय सभा निर्वाचनका लागि क्लस्टर मिलाएर उम्मेद्वारी सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको सचिव भट्टराईले जानकारी दिनुभयो ।   

     

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्