वाम गठबन्धनले ४३ सिटमा साझा उम्मेदवार उठाउने

काठमाडौं

    माघ ३, २०७४

     -  नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु सम्मिलित कार्यदलले राष्ट्रिय सभाको निर्वाचनका लागि ५६ मध्ये ४३ सिटमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको वाम गठबन्धनको कार्यदलको एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ उम्मेदवार उठाउने निर्णय गरेको कार्यदल सदस्य एमाले नेता सुवास नेम्वाङ जानकारी दिनुभयो । 

    कार्यदलको निर्णयलाई सुझाव प्रतिवेदनको रुपमा दुई पार्टीबीचको उच्चस्तरिय समितिमा पेश गर्ने उहाँले बताउनुभयो । अरु पार्टीहरुसंग समेत छलफलल गरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो । बाँकी रहेको १३ सिट वाम गठबन्धनले अन्य दल संग छलफल गरेर टुंगो लगाउने नेता नेम्वाङले जानकारी दिनुभयो । 

    प्रदेशसभाको मुख्यमन्त्री, सभामुखर अन्य पदमा हुने बाँडफाँटबारे भने अर्को बैठकले तय गर्ने जानकारी उहाँले दिनुभयो । यसअघिका निर्वाचनबाट प्राप्त सिट संख्या, पार्टी बीचको एकता प्रक्रिया, पदको आश्यकता र औचित्य, सन्तुलन लगायतको आधारमा सिट संख्या तय गरेको उहाँले जानकारी दिनुभयो । 

     

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्