सांसद सिलवाललाई पक्राउ गर्न प्रहरीद्वारा देशभर पत्राचार

काठमाडौं

    माघ ३, २०७४

    - प्रहरी प्रधान कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाललाई नियन्त्रणमा लिन मातहतका कार्यालयलाई पत्र काटेको छ ।

    सातवटै प्रदेश प्रहरी कार्यालयललाई पत्राचार गर्दै प्रहरी प्रधान कार्यालयले सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन दिएको हो । केन्द्रीय अपराध महाशाखाका प्रहरी निरिक्षक मदन कुँवरको हस्ताक्षर रहेको पत्रमा सिलवाललाई खोज तलास गरी फेला परे काठमाडौं प्रहरी परिसरमा बुझाउन भनिएको छ ।  

    यसअघि सिलवाललाई पक्राउ गरेर बुझाउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरी परिसरलाई पत्राचार गरेको थियो । सिलवाल ललितपुरको गोदावरीस्थित स्थायी ठेगानामा फेला नपरेको भन्दै लतिलपुर प्रहरी परिसरले जवाफी पत्र काठमाडौं प्रहरीलाई पठाएको थियो । प्रक्रियागत रुपमा सो पत्र प्रहरी प्रधान कार्यालयमा पुगेपछि सिलवाललाई पक्राउ गर्न निर्देशन सहितको पत्र सातै वटा प्रदेशमा पठाइएको हो ।

    सिलवालमाथी काठमाडौ प्रहरी परिसरले सरकारी कागजात किर्ते मुद्धामा अनुसन्धान गरिरहेको छ । बढुवा प्रक्ररणमा कार्यसम्पादन मूल्याङकन फाईल किर्ते गरेको अभियोगमा सर्वोच्च अदालतले सिलवाललाई दोषी ठहर गरेको थियो । काठमाडौ परिसरले ललितपुर प्रहरीलाई पत्राचार गरेदेखि सिलवाल फरार छन् ।   

     

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्