मतदान सम्बन्धी सक्कल मुचुल्का झिकाउन सर्वोच्चको आदेश

काठमाडौं

    माघ ३, २०७४

     -  प्रतिनिधिसभा निर्वाचनमा धाँधली भएको भन्दै संखुवासभामा पुन: मतगणनाको माग सहित  दायर रिटमा सर्वोच्च अदालतले मतदान सम्बन्धी सक्कल मुचुल्का झिकाउन आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले निर्वाचन आयोगका नाममा सो आदेश जारी गरेको हो । मतगणनाका क्रममा धाँधली भएको भन्दै कांग्रेस उम्मेदवार दिपक खड्काले पुन: मतगणनाको माग गर्दै रिट दायर गर्नुभएको थियो ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाको प्रतिनिधिसभाको सदस्यमा एमालेका दिपक गौतम विजयी हुनु भएको थियो । सोही मुद्दामा सर्वोच्चले यसअघि निर्वाचनसंग सम्बन्धित सम्पुर्ण कागजात झिकाउन निर्वाचन आयोगलाई आदेश दिएको थियो । 

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्