५ महिनामा ९६ अर्ब ४८ करोड निक्षेप संकलन

काठमाडौं

    माघ ३, २०७४

     -  कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ४२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको ५१ औं वार्षिक उत्सवको पूर्व सन्ध्यामा काठमाडौंमा आज पत्रकार सम्मेलन गरी कार्यकारी प्रमुख अधिकृत प्रकाश सिटौलाले ४० अर्ब २८ करोड रुपैयाँ साँवा असुली भएको जानकारी दिनुभयो । ब्याज तर्फ ४ अर्ब ९४ करोड रुपैयाँ उठाएको सिटौलाको भनाई छ । 

    बैंकको नयाँ योजनामा १८ अर्ब रुपैयाँ कुल अधिकृत पुँजी रहेको बैंकको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको ५ महिनासम्ममा ९६ अर्ब ४८ करोड रुपैयाँ कृषि विकास बैंकको निक्षेप संकलन भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै २० प्रतिशत बोनस शेयर सहित ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ बैंकको साधारण चुक्ता पुँजी रहेको छ । बैंकको मुख्य कार्यालय सहित हालसम्म मुलुकभर २ सय २४ वटा कार्यालय रहेको बैंकले ४१ कार्यालयमा एटिएम र सबै कार्यालयबाट रेमिट सुविधा सञ्चालन गर्दै आएको छ । 

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्