नेप्से आज ७ अंकले घट्यो

काठमाडौं

    माघ ३, २०७४

     -  माघ महिनामा कारोबार भएको दोस्रो दिन बजार परिसुचक नेप्से आज ७ दशमलव १९ अंकले गिरावट आएको छ । पहिलो पटक कारोबार हुँदा हिजो बजार परिसुचक १७ दशमलव ३९ अंकले घटेको थियो । बजार खुलेदेखि नै लगातार ओरालो लागेको शेयर बजारमा आज कारोबार भएका ९ कम्पनी समूहका उपसुचकमध्ये ८ वटाले घाटा ब्यहोरेकाले नेप्से शुन्य दशमलव ५१ प्रतिशतले घटेर १ हजार ४ सय ६ दशमलव ५२ अंकमा पुगेको छ ।

    नाफा कमाएको लघुवित्त समूहको उपसुचक ४ दशमलव १ अंकले वृद्धि भएको छ । सबैभन्दा बढी घाटा बेहोरेको जलविद्युत समूहको उपसुचक १५ दशमलव १७ अंकले हस भएको छ । क वर्गका कम्पनी समूहको उपसुचक १ दशमलव ५५ अंकले ओरालो लागेको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम हिजोकोभन्दा ४ करोड रुपैयाँले सुधार आएको छ ।

    कुल १ सय ५८ कम्पनीको ४ हजार ४ सय ६० कारोबारबाट ४० करोड ४८ लाख ६७ हजार ४ सय ६७ रुपैयाँ बराबरका ९ लाख ७९ हजार १ सय ९६ कित्ता सेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।  

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्