बझाङका स्वास्थ्य संस्थामा औषधि अभाव

बझाङ

    माघ ३, २०७४

     -  बझाङका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ । अधिकांश स्वास्थ्य संस्थामा सिटामोल, चिसोका कारण हुने बिरामीको उपचारका लागि आवश्यक पर्ने क्लोरोफिनामाइन, गर्भवतीले खाने आइरन चक्की लगायत औषधिको अभाव भएको हो । सामान्य घाउ ड्रेसिङ गर्नका लागि आवश्यक पर्ने गज ब्यान्डेज पनि नभएको कालुखेती स्वास्थ्य चौकीका इन्जार्च शिवशंकर जोशीले बताउनुभयो ।

    औषधि खरिदका लागि गाउँपालिकाले बजेट नछुट्याउँदा सुर्मा गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधिको अभाव भएकाले स्थास्थ्य संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । यता, जिल्ला स्वास्थ्य कार्यालयले भने कुनै पनि स्वास्थ्य संस्थामा औषधिको अभाव नभएको बताएको छ । स्वास्थ्य संस्थालाई दिइने ८० प्रतिशत औषधि क्षेत्रीय मेडिकल स्टोरबाट नै आउने र २० प्रतिशत मात्र स्थानिय तहले खरिद गर्ने भएका कारण जिल्लामा औषधिको अभाव नरहेको कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले बताउनुभयो । 

     

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्