विद्यालय समयमा पनि घरमै बसेर आफ्ना छोराछारीको गतिविधि नियाल्न पाइने

    माघ ४, २०७४

    भारतको नयाँदिल्लीमा अभिभावकले विद्यालयमा रहेको समय आफ्ना छोराछोरीले गर्ने विभिन्न गतिविधिको प्रत्यक्ष निगरानी गर्न पाउने भएका छन् । आगामी ३ महिनाभित्र सम्पुर्ण सरकारी विद्यालयहरुमा सीसीटिभी जडान गरिसकिने र मोबाइल एपमार्फत प्रत्यक्ष अवलोकनको व्यवस्था गरिने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सरकारी विद्यालयहरुलाई पारदर्शी र उत्तरदायी बनाउन पछिल्लो कदम चालिएको केजरीवालको भनाई छ । साथै विद्यालय हाताभित्र बालबालिकामाथि हुन सक्ने नकारात्मक गतिविधि रोक्न सुरक्षाको उपायका रुपमा समेत यो कदमले मद्दत पुर्‍याउने बताइएको छ । भारतीय विद्यालयहरुबाट बालबालिका हराउने, अपहरण हुने लगायत विभिन्न घटना घटिरहेका बेला सरकारले अघि सारेको यो कदमले विद्यार्थीको सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

     

    प्रकाशित:माघ ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्