बार्साको अपराजित यात्रा टुंगियो, मेसी पेनाल्टीमा चुके

    माघ ४, २०७४

    कोपा डेल रे कप फुटबलको क्वाटरफाइनल अन्तर्गत  पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । स्पानियोलले १–० ले स्तब्ध पार्दै बार्साको २९ खेल लामो अपराजित यात्रालाई समेत पूर्णविराम लगाएको हो । स्पानियोललाई जिताउन खेलको ८८ औँ मिनेटमा ओस्कार मिलिन्दोले निर्णायक गोल गरे ।

    खेलमा ७२ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको बार्साले दर्जनबढी अवसर पाएपनि सदुपयोग गर्न सकेन । लियोनल मेसीले ६२ औँ  मिनेटमा  पेनाल्टी मिस गरेपछि बार्सा थप दवावमा आएको थियो । रक्षात्मक खेल प्रदर्शन गरेको स्पानियोलले बार्साको फरवार्ड लाइनलाई पूर्णत असफल पारेको थियो ।

    दोस्रो लेग जनवरी २५ मा बार्साको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ । क्वाटरफाइनल अन्तर्गत पहिलो लेगका अन्य खेलमा सेभिया र भ्यालेन्सीया विजयी भएका छन् । सेभियाले एट्लेटिको मड्रिड र भ्यालेन्सीयाले डिर्पोटिभो अलाभेशलाई समान २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएका हुन् ।   

     

    प्रकाशित:माघ ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्