दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने

    माघ ४, २०७४

    दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने जनाएको छ । दक्षिण कोरियाली विदेशमन्त्री क्याङ क्यिूङ वाले आफ्नो मुलुकले स्पष्ट  विश्व दृष्टिकोणले उत्तर कोरियासँग उच्चस्तरीय वार्तालाई निरन्तरता दिने बताउनुभएको हो । यद्यपी परमाणु कार्यक्रमका विरुद्ध यसअघि उत्तर कोरियामाथिको प्रतिबन्ध भने कायमै रहेको उहाँले बताउनुभयो । उहाँले पछिल्लो सहमति खेलकुदका लागि मात्रै नभई दक्षिण कोरिया र अन्तर्राष्ट्रिय समुदाय सबैका लागि सकारात्मक भएको उहाँको भनाई छ । 

    उच्चस्तरीय वार्ताका लागि विशेष व्यवस्थापनको आवश्यकता पर्ने भएपछि आफ्नो मुलुक सम्पूर्ण रुपमा त्यसका लागि तयार भएको  र उत्तर कोरियाली नागरिकलाई आवश्यक मानवीय सहायताबारे पनि स्पष्ट रहेको उहाँको भनाई थियो । यसअघि दुई देशबीच लामो अन्तरालपछि भएको पहिलो वार्तापछि दुवै मुलुकले संयुक्त आइस हकी टोली बनाएर प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । 

     

    प्रकाशित:माघ ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्