निर्वाचनको समीक्षा गर्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं

    माघ ४, २०७४

     

    --प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै साढे एक महिनापछि नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिएपछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको काँग्रेसले सो बारे छलफल गर्न बल्ल कार्यसमिति बैठक आह्वान गरेको हो । 

    राजधानीको बालुवाटारमा बिहान ११ बजेपछि सुरु हुने बैठकमा पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति वा विशेष महाधिवेशन बोलाउने लगायत बिषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    निर्वाचनमा पार्टीको पराजयसँगै सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने आवाज उठिरहेका समय बोलाईएको बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढिकरणबारे गम्भीर छलफल हुने शर्माको भनाई छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीलाई नयाँ स्वरुप दिन बिशेष महाधिवेश बोलाउन दवाव दिने तयारी गरेका छन् ।

    आज पहिलो दिनको बैठक राष्ट्रियसभा निर्वाचन र उम्मेदवार मनोनयनमा केन्द्रित हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । आगामी माघ २४ गतेका लागि तय राष्ट्रियसभा निर्वाचनको उम्मेदवार मनोनयन यही माघ १० गते हुने कार्यतालिका छ ।    

     

    प्रकाशित:माघ ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्