एक सातापछि एमाले अध्यक्ष ओली स्वदेश फर्कदै

काठमाडौं

    माघ ४, २०७४

     

    -स्वास्थ्य परिक्षणका लागी थाईल्याण्डको बैंकक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । गत पौष २६ गते बैंकक गएका अध्यक्ष ओली मध्यान्ह साढे १२ बजे काठमाण्डौ आईपुग्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

    माओबादी केन्द्रसंगको पार्टी एकता, नयाँ सरकार गठन तथा राष्ट्रिय सभा निर्वाचनको चटारोका बीच आठदिन लामो उपचारपछि स्वदेश फर्किने भएपनि अध्यक्ष ओलीले आज कुनै राजनीतिक भेटघाट र छलफल नगर्ने संयोजक अधिकारीले जानकारी दिनुभयो । यद्यपी यो बीचमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार तथा प्रदेश सरकार गठनका बिषयमा कार्यदलस्तरमा मोटामोटि सहमती भईसकेको नेताहरुले बताएका छन् । 

     

    प्रकाशित:माघ ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्