दोलखालाई अर्गानिक जिल्ला बनाउन सिक्किमले सघाउने

दोलखा

    माघ ४, २०७४

     

    -विश्वको पहिलो जैविक राज्य (अगार्निक स्टेट) घोािषत भारतको सिक्किम राज्य सरकारले नेपालको दोलखालाई अर्गानिक जिल्ला बनाउने अभियानमा सघाउने भएको छ । सिक्किम राज्यका मुख्यमन्त्री पवन चाम्लिङले नेपालस्थित दोलखा जिल्लाका जनप्रतिनिधिहरुसागको भेटमा दोलखालाई अर्गानिक जिल्ला बनाउन प्राविधिक तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने बताएका हुन् ।

    विश्वको पहिलो अर्गानिक राज्यको उपाधी पाएपछि सिक्किममा हरेक बर्षको जनवरी १८ मा अर्गानिक दिवस मनाउने गरिएको छ । सोही अवसरमा नेपालका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र दोलखा जिल्लाका निर्वाचित नगर प्रमुख र गाउापालिका प्रमुखहरुलाई भेट गरी मुख्यमन्त्री चाम्लिङले सिक्किम र दोलखाबीच भातृत्व सम्बन्ध गाँस्न चाहेको पनि बताएका छन् ।

    मानिसलाई निरोगी बनाउन, पृथ्वी, माटोलाई जीवित राख्न र हावापानीलाई शुद्ध राख्न सिक्किम राज्यमा सन् २००३ देखि कुनै पनि रासायनिक मल र किटनाशक विषादी प्रयोग गर्न प्रतिबन्ध छ । जनावर र पशुपंक्षिको मलमुत्रबाट मात्र खेती गर्ने नीति लिएपछि सन् २०१६ को डिसेम्बर १८ का दिन सिक्किम अर्गानिक स्टेटको रुपमा घोषणा गरिएको थियो । 

     

    प्रकाशित:माघ ४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्