हक्कीको उपाधिका लागि आर्मी र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुने

हेटौंडा

    माघ ५, २०७४

     -  राखेप च्याम्पियनसिप अन्तर्गत हेटौंडामा जारी राष्ट्रिय हक्की प्रतियोगिताको महिलातर्फको उपाधिका लागि नेपाल आर्मी र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणमा शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेको आर्मी र दुईमा जित तथा एकमा बारबरी गरेको मध्यमाञ्चलबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो ।  

    लिग चरणको अन्तिम खेलमा आज आर्मीले पश्चिमाञ्चललाई २–० गोल अन्तरले पराजित गर्दा मध्यमाञ्चलले सुदुरपश्चिमाञ्चललाई १–० ले पाखा लगायो । महिलातर्फको तेस्रो स्थानका लागि पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । 

    पुरुषतर्फ भने पूर्वाञ्चललाई सडन डेथमा पराजित गर्दै पश्चिमाञ्चलले तेस्रो स्थान हात पार्‍यो । पुरुषतर्फको उपाधिका लागि भोलि आर्मी र सुदुरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:माघ ५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्