नाडाल अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश

एजेन्सी

    माघ ५, २०७४

     -  विश्व नम्बर १ राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । बोस्निया हर्जगोभिनाका दामिर जुमहुरलाई नाडालले ६–१, ६–३ र ६–१ को सोझो सेट स्तब्ध पारेका हुन् । ३ बुल्गेरियाका ग्रिगोर दिमित्त्रोभ अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।

    रुसका एन्ड्रे रुभलेवलाई ६–३, ४–६, ६–४, ६–४ को सेटमा पराजित गर्दै दिमित्त्रोभ चौंथो चरणमा प्रवेश गरेका हुन् । रुभलेबलाई तेश्रो चरणमा नै रोक्न दिमित्त्रोभले ३ घण्टा ४ मिनेट मेहनत गरेका थिए । महिला एकल तर्फका विश्व नम्बर ४ एलिना स्वितलिनाले चौंथो चरणमा स्थान पक्का गरेकी छिन् ।

    युक्रेनी स्वितलिनाले आफ्नै देशकी १५ वर्षीय मार्ता कास्त्युकलाई हराएकी हुन् । उनी ६–२, ६–२ को सोझो सेटमा विजयी भएकी हुन् ।

    प्रकाशित:माघ ५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्