छैटौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता जारी

- रमेशचन्द्र अधिकारी, धनकुटा

    माघ ६, २०७४

    -धनकुटाको हिलेमा जारी छैटौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको दोस्रो दिन आज विभिन्न इभेन्टका खेल सञ्चालन भइरहेका छन् । राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप–२०७४ अन्तर्गत जारी प्रतियोगितामा ३४ इभेण्टमा प्रतिस्पर्धा भइरहेका छन् । जस अन्तर्गत ५४ देखि ८७ केजी तौल समुह भन्दा माथिका पुरुष फाइट ८ वटा हुने छन् ।

    त्यसैगरी ४६ देखि ७३ केजी तौल समुह भन्दा तलका र ७३ केजी तौल समुह भन्दा माथिका महिला फाईट ८ समुह समावेश गरिएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा पुम्से पुरुष तथा महिला फाइट समान १२ तथा मिक्स फाइट समेत हुने नेपाल तेक्वान्दो संघ नेपालका प्रदेश नं.१ संयोजक पिताम्वर पौडेलले जानकारी दिनुभयो । 

    भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा ३४ स्वर्ण , ३४ रजत र ६८ कास्य पदकका लागि  १ सय ७० खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।  

    प्रकाशित:माघ ६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्