रेडियो कान्तिपुरको एमआई मोबाइल नेशनल म्युजिक अवार्ड माघ २६ गते

काठमाडौं
  • १७ विधाको मनोनयन सार्वजनिक

माघ ६, २०७४

- रेडियो कान्तिपुरले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा एमआई मोबाइल नेशनल म्युजिक अवार्ड गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरेर रेडियो कान्तिपुरले यही माघ २६ गते शुक्रबार सांगितिक क्षेत्रको १७ विधा र उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई अवार्ड प्रदान गर्नुका साथै सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने एक जनालाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डीसीले सत्य तथ्य सूचना सम्प्रेषण र नेपाली गीत सङ्गीतको विकास र प्रवद्र्धनमा रेडियो कान्तिपुर सधै क्रियाशिल रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । रेडियोको स्रोत र सम्पत्तिका रुपमा रहेको गीत सङ्गीतको सम्मानका लागि अवार्ड आयोजना गर्न लागेको उल्लेख गर्दै उहाँले यस कदमले नेपाली सङ्गीत क्षेत्रको श्रीवृद्धिमा एउटा इँटा थप्ने प्रयास हुने दावी गर्नुभयो । 

बिगतको परम्परालाई निरन्तरता दिदै कान्तिपुरले उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक र गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पक गायक र गायिका, उत्कृष्ट सांगितिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिकालाई अवार्ड प्रदान गर्नेछ । स्रोताको छनोटमा परेका एक जनालाई योण्डर पिपल्स च्वाइस अवार्ड प्रदान गरिनेछ । स्रोताले आफ्नो मोबाईलको मेसेज बक्समा गई एनएमए स्पेश पिपुल्स च्वाइस अवार्डको गीतको कोड लेखी ३३००१ मा एसएमएस गर्नुपर्नेछ ।

२०७३ साउन १ गतेदेखि २०७४ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका उत्कृष्ट नेपाली गीत र तीनका स्रष्टालाई बिभिन्न १७ विधामा सूचीकृत गरिएको छ । विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये ५ को मनोनयन पनि रेडियो कान्तिपुरले सोही पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । 

पत्रकार सम्मेलनमा एमआई मोबाइलका निर्देशक नितेशकुमार मुन्द्राले एमआई मोबाइल युवा लक्षित रहेको जानकारी दिदै हार्डवेयर भन्दा सफ्टवेरलाई प्राथमिकता दिईएकाले मोबाईल पछिल्लो समय सवैको रोजाईमा पर्दै गएको दावी गर्नुभयो । 

 

प्रकाशित:माघ ६, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्