माघ ६, २०७४
- रुस्लान थ्रीस्टार क्लबले सुनसरीमा सुरु १२ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृती ईटहरी गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ईटहरी रंगशालामा आज भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे क्लब थ्रीस्टारले सेमिफाइनलमा स्थान बनाएको हो ।
थ्रीस्टारको जितमा अजय मार्टिनले खेलको ३८ र ४८ औँ मिनेटमा गोल गरे । थ्रीस्टारकै पिटर सेजुनले ६७ औँ मिनेटमा एपीएफलाई आत्मघाती गोलको उपहार दिएका थिए । प्रतियोगितामा भोलि लक्ष्मी हुण्डाईं मनाङ मस्याङ्दी र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।
२ विदेशी सहित ८ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित:माघ ६, २०७४
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्