हक्की : आर्मीलाई दोहोरो उपाधि

हेटौंडा

    माघ ६, २०७४

     -   विभागीय आर्मीले, राखेप च्याम्पियनसिप अन्तर्गत हेटौंडामा सम्पन्न राष्ट्रिय हक्की प्रतियोगितामा महिला–पुरुष दुवै तर्फको उपाधि जितेको छ । महिला तर्फ आर्मीले मध्यमाञ्चललाई ४—० गोल अन्तरले पराजित गर्‍यो । आर्मीका लागि सीता चौधरीले २ तथा सीता माया वल र पिंकी सिञ्जालीले एक/एक गोल गरे । 

    पुरुष तर्फको फाइनलमा सुदुरपश्चिमाञ्चललाई २—१ गोल अन्तरले पराजित गर्दै आर्मीले बाजी मार्‍यो । आर्मीको जितमा दिपेन्द्र ऐर र प्रदिप राजवंशीले समान १ गोल गरे । सुदुरपश्चिमाञ्चलका लागि राजेन्द्र कार्कीले सान्त्वना गोल फर्काए । प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तर्फ आर्मीकी सीतामाया वल चुनिंदा पुरुष तर्फ उत्कृष्ट खेलाडीको उपाधि भने पूर्वाञ्चलका मनोज चौधरीले प्राप्त गरे । 

     

    प्रकाशित:माघ ६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्