कालिकोटमा भाइरल ज्वरोको महामारी, पाँचको मुत्यु

- तुलाराम पाण्डे, कालिकोट
  • दुई वटा वडामा ८ सय १४ बिरामीको परीक्षण

माघ ६, २०७४

 -  कालिकोटको खाँडाचत्र नगरपालिकमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रुप लिएको छ । जिल्ला सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ नम्बर वडामा मात्र ८ सय १४ भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला स्वासथ्य प्रमुख डा. कौशल अलीले बताउनुभयो । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण रहेको भाइरल ज्वरोले बालबालिका बढी प्रभावित छन् ।

डा. अलीकाअनुसार वडा नं ४ मा २ सय ७० र वडा नं ४ मा ५ सय ४४ जना भाइरल ज्वरोका बिरामी भेटिएका छन् । उहाँले दुई वट वडामा महामारी भएको भन्दै अधिकांश बालबालिका बिरामी परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गाउँमा अवस्था जटिल छ, ‘थप औषधी र स्वास्थ्यकर्मी माग गर्नुपर्ने भयो ।’ भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्ष बढीका २३ जना बृद्धबृद्धा बिरामी छन् । उहाँले दुई बालबालिकाको भाइरलबाट मृत्यु भएको समेत बताउनुभयो । 

खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिका सहित ५ को मृत्यु भएपछि गाउँमा खटिएका स्वास्थ्यकर्मीले शनिवार वडा नं २ मेग्रमा डा. नहकूल शाहीको नेतृत्वमा ८ जना र वडा नं ४ ताडी दलित टोलमा जिल्ला स्वास्थ्य प्रमुख डा. अलीको नेतृत्वमा ८ जना स्वास्थ्यकर्मीले टोल टोलमा गएर विरामी पहिचान गरेको निमित्त प्रजिअ राजकुमार दुलालले बताउनुभयो । उहाँकाअनुसार भाइरलको महामारी भएकोले थप स्वास्थ्यकर्मी र औषधी माग गर्ने निर्णय भएको छ । भाइरल ज्वरोले ५ जनाको मृत्यु भएपछि उपचारको लागि शनिबार दुई वडामा औषधी सहित स्वास्थ्यकर्मी उपचारमा खटिएका थिए ।

 

प्रकाशित:माघ ६, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्