एशियाली शेयर बजारमा भारी गिरावट

बीबीसी

    माघ २६, २०७४

    एशियाली बजारमा शेयर बजार पछिल्लो समय तीब्र गिरावट आएको छ । अमेरिकाको शेयर बजार वाल स्ट्रीटमा आएको गिरावटको असर एशियाली बजारमा पनि परेको हो । जापानको निक्कि २ दशमलव ८ प्रतिशतले घटेको छ भने चिनियाँ शेयरमा ४ दशमलव १ प्रतिशतले गिरावट आएको छ ।

    यसै साता अमेरिकी र एसियाली बजारमा दोश्रो पटक भारी गिरावट आएको हो । हङ्गकङ्गको शेयर बजारमा ३ दशमलव ७, दक्षिण कोरियाको कोस्पिमा १ दशमलव ६ र अष्ट्रेलियाको शेयर बजारमा पनि शुन्य दशमलव ८ अंकले कमी आएको हो । 

    प्रकाशित:माघ २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्