बजेट सम्बन्धी नयाँ विधेयक पारित भएसँगै सरकारी कामकाज पुन: सुरु

एजेन्सी
  • विधेयकले सरकार सञ्चालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने

माघ २७, २०७४

अमेरिकी संसदद्वारा पारित बजेट सम्बन्धी नयाँ विधेयकमा राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेसँगै बन्द भएका सरकारी कामकाज पुन: सञ्चालनमा आएका छन् ।  सिनेटले सो विधेयक पारित गर्नुपर्ने समयसीमा नाघेपछि अमेरिकामा यो वर्ष दोस्रो पटक सरकारी कामकाज बन्द भएको थियो ।

गतमहिना पनि आवश्यक बजेट सम्बन्धी विधेयक पारित नहुँदा तीन दिनका लागि सरकारी कामकाज ठप्प भएको थियो । खर्च सम्बन्धि विधयेकका पक्षमा हाउसमा २ सय ४० मत खसेको थियो भने सिनेटमा ७१ मत खसेको थियो । यो विद्येयकले संघीय बजेटमा ३ सय २० बिलियन खर्च प्रदान गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

सरकार सञ्चालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने सो विधेयक  बिहिबार मध्य रातको समयसीमा अगाडी नै पारित हुनुपर्ने भएपनि केही असहमतीका कारण पारित हुन सकेको थिएन । सो सँगै अमेरिकाका सरकारी कामकाज केही घण्टाका लागि  ठप्प भएको थियो । 

 

प्रकाशित:माघ २७, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्