उत्तर माथि दक्षिण कोरिया र अमेरिकी दबाब कायमै

    माघ २८, २०७४

    अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर दक्षिण कोरियासँग भएको सहमतिमा दुवै मुलुक कटिबद्ध भएको स्पष्ट पारेको छ । दक्षिण कोरियामा जारी वीन्टर ओलम्पिकमा उत्तर कोरिया समेत सहभागी भएपछि दुई मुलुकबीच सम्बन्ध सुधार हुनसक्ने आंकलनकाबीच अमेरिकी उपराष्ट्रपति माईक पेन्सले दक्षिण कोरियासँगको समझदारी कायमै रहेको बताउनुभएको छ । 

    वीन्टर ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भई फकर्ने क्रममा उपराष्ट्रपति पेन्सले उत्तर कोरियामाथि दबाब श्रृजना गर्न दुई मित्र राष्ट्र दृढ रहेको बताउनुभयो । आणविक कार्यक्रमलाई लिएर तनाव जारी रहँदा भएको विन्टर ओलम्पिकले उत्तर र दक्षिण कोरियाको सम्बन्धमा केही सुधार देखिएको छ । 

    वीन्टर ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन पुगेकी बहिनी किम यो–जोङमार्फत उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन–जेईनलाई प्योङयाङ भ्रमणको निम्तो समेत दिएपछि अमेरिका केही सशंकित बनेको बीबीसीले उल्लेख गरेको छ । 

     

    प्रकाशित:माघ २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्