रोहिंग्या शरणार्थीको सुरक्षित फिर्तिका लागि बेलायतको आग्रह

एजेन्सी

    माघ २८, २०७४

    –बेलायती विदेशमन्त्री बोरिस जोनसनले म्यानमारकी नेतृ आङ साङ सुकीसँग रोहिंग्या शरणार्थीको सुरक्षित फिर्तिका लागि आग्रह गर्नु भएको छ । म्यानमार भ्रमणका क्रममा जोनसनले रोहिंग्या शरणार्थीलाई सुरक्षीत घर फिर्तीको व्यवस्था गर्न आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

    म्यानमार सरकारले गत बर्षको अगस्तमा सैन्य कारबाही शुरु गरेपछि ७ लाख रोहिंग्या मुस्लिमले रखाईन प्रान्त छाडेका थिए । जोनसनले रखाईन प्रान्तको पनि भ्रमण गर्ने बीबीसीले उल्लेख गरेको छ । भ्रमणका क्रममा राखाईन सल्लाहकार समितिका सदस्यलाई समेत भेट्ने कार्यक्रम तय भएको छ ।

    यसअघि हिजो जोनसनले बंगलादेश र म्यानमारको सीमा क्षेत्रस्थित रोहिंग्या शरणार्थी शिविरको अवलोकन गर्नुभएको थियो । बंगलादेशको कोग्स बजारस्थित ५ लाख शरणार्थी रहेको शिविरको अवलोकन गर्दै जोनसनले कमजोर अवस्थामा शरणार्थी बस्न बाध्य भएको प्रति चिन्ता ब्यक्त गर्नुभएको छ ।

     

    प्रकाशित:माघ २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्