रुसको बिमान दुर्घटनाबारे छानविनका लागि टोली घटनास्थलमा

बीबीसी

    माघ २९, २०७४

    रुसमा हिजो भएको यात्रुवाहक बिमान दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय टोली घटनास्थल पुगेको छ । हिउँले ढाकिएको क्षेत्रमा भएको दुर्घटनाबारे प्रारम्भिक छानविनका लागि टोली घटनास्थल पुगेको हो । राजधानी मस्कोस्थित डोमोडेडोभो बिमानस्थलबाट उडेलगत्तै रुसी जेट बिमान दुर्घटना हुँदा चालक दलका ६ सदस्य सहित ७१ जनाको मृत्यु भएको छ । प्रतिकुल मौसम, मानवीय त्रुटी वा प्राविधिक कारणले बिमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

    सो बिमान आतंकवादी समुहले खसालेको सम्भावना भने न्यून रहेको अधिकारीहरु बताउँछन् । सो जहाज मस्कोबाट ८० किलोमिटर दक्षिणपूर्वमा रहेको एक गाउँमा झरेको थियो । अहिलेसम्म बिमानको एउटा रेकर्डर फेला परेको अनुसन्धानमा खटिएको टोलीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

     

    प्रकाशित:माघ २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्