सन् २०१८ मा १२ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं

    माघ २९, २०७४

    सरकारले सन् २०१८ मा १२ लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य राखेको छ । अघिल्लो वर्ष १० लाख हाराहारीमा पर्यटक भित्रिएपछि हौसिएको सरकारले आगामी वर्ष १२ लाख पुर्‍याउने बताएको हो ।बिनासकारी भूकम्पपछि खस्किएको पर्यटन क्षेत्र पुन: फस्टाउन थालेकाले १२ लाख पर्यटक आगमनको लक्ष्य भेट्टाउन सकिने पर्यटन बोर्डका कार्यकारी प्रमुख सिईओ दिपक राज जोशीले दाबी गर्नुभयो ।

    सरकारी लक्ष्य भेट्टाउन पर्यटन पूर्वाधारको विकाससँगै बजार प्रबद्र्धनको नयाँ रणनीति अवलम्बन गरिने जोशीको भनाई छ । सरकारले २०१८ मा १२ लाख पर्यटक भित्र्याउने योजना बनाईरहँदा बिनासकारी भूकम्पले क्षतिग्रस्त बनाएका पर्यटकीय भौतिक संरचना भने बन्न सकेको छैन । राजधानीको धरहराको पुनर्निर्माणको काम शुरु हुन सकेको छैन भने अन्नपुर्ण, लाङटाङ पदमार्ग पनि पूर्ण रुपमा बनिसकेका छैनन् ।

     

    प्रकाशित:माघ २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्