युक्रेन संकट समाधानका लागि २० हजार सेना आवश्यक : राष्ट्रसंघ

रोयर्टस

    माघ २९, २०७४

    संयुक्त राष्ट्रसंघले युक्रेन संकट समाधानका लागि २० हजार सेनाको आवश्यकता रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । युक्रेनको संकट समाधानका लागि नेटो बाहिरका मुलुकबाट २० हजार सेना र ४ हजार प्रहरीको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ । रुस समर्थीत पृथकतावादी र युक्रेनी सेना बीचको संघर्षका कारण सन् २०१४ यता १० हजार मानिसको मृत्यु भईसकेको छ ।

    युद्धिविराम र कुटनीतिक प्रयासका बाबजुद युक्रेनमा राजनीतिक संकट चुलिएको प्रति राष्ट्रसंघले चिन्ता समेत ब्यक्त गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनमा सीमित शान्ती सेना पठाउनुपर्ने सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    प्रकाशित:माघ २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्