बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जामा कडाई गर्ने

- केशु लामिछाने , काठमाडौं

    माघ २९, २०७४

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जामा कडाई गर्ने भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले कुल कर्जाको बढीमा १५ प्रतशितसम्म मात्र ओभरड्राफट शीर्षकमा कर्जा दिन पाइने ब्यवस्था गरेको हो । ओभरड्राफ्टका नाममा बैंकहरुले अन्य क्षेत्रमा ऋण लगानी गरेको आशंका गर्दै राष्ट्र बैंकले कडाई गर्न लागेको हो । 

    यस्तो सीमा नाघेका बैंक तथा वित्तीय संस्थाहरुले २०७५ को पुस मसान्त भित्र १५ प्रतिशतको सीमामा ल्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट सहुलियत दरमा लिन सक्ने पुर्नकर्जा कोषमा ५ अर्ब रुपैयाँ थपिएको छ । यो सँगै पुनर्कर्जा कोषको आकार २० अर्बबाट २५ अर्ब पुगेको छ ।

    यस्तै राष्ट्र बैंकले बैंकहरुलाई शाखा खोल्न कडाई गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९ ठाउँमा कुनैपनि बैंक जान नमानेपछि राष्ट्र बैंकले ती ठाउँमा बैंक पुर्‍याउन कडा नीति अबलम्बन गरेको हो । अब कुनैपनि बैंकले काठमाडौं र ललितपुर महानगरभित्र एउटा शाखा खोल्नु परेमा ती १ सय ९ स्थानीय तहमा २ वटा शाखा खोल्नुपर्ने छ । बैंकले सरकारी कारोबारका लागि प्रोत्साहन गर्न तोकिएका स्थानीय तहमा खोलिने शाखालाई प्रति शाखा १ करोड रुपैयाँ एक वर्षको लागि निब्र्याजी सापटी प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

     

    प्रकाशित:माघ २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्